Techie IT
सोमबार, वैशाख २२,२०८२

वीरगंज महानगरपालिका–१८ भवानीपुरमा आगलागी, लाखौँको क्षति


वीरगंज । गएराती  करिब ११ बजे वीरगंज महानगरपालिका–१८ भवानीपुरमा आगलागी भएको छ । भवानीपुरमा रहेको अंकिता ट्रेड इन्टरनेशनको स्क्रेप गोदाममा आगलागी भएको हो ।

अचानक रातमा आगलागी भएपछि चारवटा वारुणयन्त्रको सहयोगमा आगो निभाउने प्रयास भएको थियो । वारुणयन्त्रबाट आगो निभाउन कठिनाइ भएपछि थप दुईवटा जेसीबीको सहयोग लिनु परेको स्थानीय दिलीप पटेलले जानकारी दिए ।

चारवटा बरूणयन्त्र, दुईवटा जेसीबी, जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, ईलाका प्रहरी कार्यालय सुगौली बिर्ता लगायत स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

आगलागीबाट गोदाममा रहेको ड्रम, स्क्रैप, अफिसको कम्प्युटर, कागजात, फर्निचर, दराज लगायतको समानहरू जलेर करिब ९५ लाख बराबरको क्षति भएको कम्पनीका सञ्चालक ओमप्रकाश पटेलले जानकारी दिनुभयो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545