अविनाशको उत्कृष्ट बलिङले फरक पर्यो : शरद भेषावकर
१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले नेपाल र मलेसियाबीचको खेल भइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको छ ।
यस खेलको पहिलो इनिङ्सको बारेमा ग्रेस्ट कमेन्ट्रीमा रहेका क्रिकेटर शरद भेषवाकरले यसरी समीक्षा गरेका छन् ।
ब्याटिङको कुरा गर्दा मलेसिया १५ रन जति कम स्कोरमा रोकियो । अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दा मलेसिया १६५ मै रोकियो । प्रतिस्पर्धाका लागि उसलाई कम्तीमा १८० को स्कोर चाहिन्थ्यो ।
मलेसियाको राम्रो सुरुवात गरेको थियो । त्यो हेर्दा १८० रन बन्छ जस्तो देखिन्थ्यो । तर सुरुमा अविनाशले नै पार्टनरसिप ब्रेक गरेपछि नेपालले मलेसियाको रनको गति रोक्यो । त्यसपछि बीचको ओभरमा गुल्सन झाले ओपनर अजिजको विकेट लिनु, सन्दीप लामिछानेले विरनदिपको विकेट लिनु नेपालको लागि महत्वपूर्ण भयो ।
पछि अविनाशले डेथ ओभरमा विकेट लिँदै आफ्नो भूमिका प्रमाणित गरे । जसले गर्दा मलेसियाले स्कोर केही कम भयो । यस्तै दुई रनआउट पनि नेपालका लागि महत्वपूर्ण रह्यो ।
यस्तो होइन कि यो गेम सजिलो हुन्छ । नेपालले लक्ष्य पछ्याउने क्रममा मलेसियाले केही स्पिनरहरु ल्याएको छ । अब त्यसले कति काम गर्छ हेर्न बाँकी छ । स्पिन राम्रो भएन भने मलेसियाले नेपाललाई रोक्न गाह्रै हुन्छ ।
ब्याटिङमा मलेसियाका अजिजले राम्रो प्रदर्शन गरे । उनी टिकेको भए १८० रन बन्न सक्थ्यो । बलिङमा अविनाशले आज उत्कृष्ट प्रदर्शन गरे ।
सुरुको पावर प्लेमा कति रन बन्छ त्यही अनुसार खेल नेपालले कति ओभरमा खेल सकाउँछ भन्न सकिन्छ ।
क्याटेगोरी : खेलकुद, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्