परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

वाशिङटन डिसी। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
यसैगरी दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल गर्नुभएको थियो । परराष्ट्रमन्त्री साउदले उक्त अवसरमा नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याउनुभएको थियो ।
मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको विकास र सूचना प्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गर्नुभयो । मन्त्री साउदले नेपाललाई थप वस्तुहरूको सुविधासहित व्यापार सहुलियत प्रदान गर्न अनुरोध गर्नुभयो ।
मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताउनुभयो । उहाँहरूबीचको द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षले एमसिसी परियोजना तोकिएको समयमा नै सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताउनुभएको थियो ।
द्विपक्षीय वार्ताका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, मन्त्रालयका अधिकारी र दूतावासका प्रतिनिधिको सहभागिता थियो । साथै अमेरिकी सरकारका तर्फबाट भने अमेरिकी उपसहायकमन्त्री डोनाल्ड लु, नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसन सहभागी हुनुहुन्थ्यो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्