सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला
सप्तरी । सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । जिल्लाको रुपनी गाउँपालिका ६ तेरहौताको एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो ।
रुपनी गाउँपालिका ६ तेरहौताका उत्तिमलाल साहको ३५ वर्षीय छोरा सन्तोष साह आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घरदेखि ८ सय मिटर पश्चिम आँप बगैँचामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा साहलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
आइतबार राती गाउँका अगुवाहरूबाट दुर्व्यवहारमा परेपछि परिवारसँगै सुतेको बेला कसैलाई थाहा नदिई घरबाट निस्किएका उनलाई खोजी गर्ने क्रममा झुन्डिएको अवस्थामा सोमबार बिहान मृत भेटिएको स्थानीयले बताएका छन् । साहको श्रीमतीसित केही समयदेखि सम्बन्ध बिग्रिएको स्थानीयको भनाइ छ । तनावमा आएर आत्महत्या रोजेको हुनसक्ने आशङ्का स्थानीयवासीको छ ।
स्थानीयका अनुसार स्व। साह ९ वर्ष वैदेशिक रोजगारीबाट ५ महिना अगाडि मात्र स्वदेश फर्किएका थिए ।
मृतक साहको शव परीक्षणका लागि राजविराज पठाइएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शव फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्