ई-सेवाको कर्मचारी भन्दै १५ लाख ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं, कात्तिक १२ । ई-सेवाको कर्मचारी हुँ भन्दै १५ लाख २० हजार ९ सय रूपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहत गौर नगरपालिका ५ का २६ वर्षीय नवनित कुमार कुशवाहा, सोही वडाका २१ वर्षीय कन्हैया कुमार कुशवाहा, रौतहट गढिमाई नगरपालिका ६ का १९ वर्षीय दिपेन्द्र कुमार यादव, गौर नगरपालिका ५ का २० वर्षीय अभय कुमार यादव र सोही वडाका २१ वर्षीय रितेश कुशवाहा हुन्।
उनीहरूविरूद्ध १५ लाख २० हजार रूपैयाँ ९ सय रूपैयाँ ठगी गरेको भन्दै १८ जनाले उजुरी दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्