अरिंगालले टोक्दा एकजनाको मृत्यु, एक गम्भीर घाइते
तनहुँ, १३ कात्तिक । तनहुँको भानु नगरपालिकामा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
भानु– ७ रम्गाटार स्थित जंगलमा आइतबार राति १२ बजेतिर अरिङाल पोल्ने क्रममा घाइते भएका भानु नगरपालिका– ४ फला खेत बस्ने ३२ वर्षीय राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २४ वर्षीय धनबहादुर तामाङ गम्भीर घाइते भएका छन्।
अरिंगालले टोकपछि घाइते भएका दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेजमा चितवनमा पठाएको थियो । उपचारको क्रममा सोमबार बिहान राजकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । घाइते धनबहादुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्