शान्ति प्रक्रियाका बाँकी कामका नाममा राष्ट्रसंघलाई राजनीतिमा निम्त्याउनु घातक: एमाले नेता रिजाल
काठमाडौं, १३ कात्तिक । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले ‘शान्ति प्रक्रियाका बाँकी काम’ का नाममा राष्ट्रसंघलाई नेपालको राजनीतिमा पुनः निम्त्याउनु अत्यन्त घातक र दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले अनमिनका नाममा प्रक्रिया लम्ब्याएर माओवादी लडाकुको व्यवस्थापन गर्नै नदिएको र अनमिनलाई विदा गरेपछि मात्र लडाकु समस्या समाधान भएको अनुभव रहेको उल्लेख गरेका छन् ।
‘प्रकिया लम्ब्याउने, कर्मचारीले आफ्नो आय-आर्जनलाई मुख्य ध्यान दिने, अर्कै ठाउँका सन्दर्भमा बनेको म्यानुअललाई जबर्जस्ती लागू गर्न खोज्ने र समस्यालाई थप जटिल बनाउने काम मात्र हुन्छ ।’ नेता रिजालले भनेका छन्, ‘अतः सत्य निरुपण तथा मेलमिलाप पीडितलाई ध्यानमा राखेर हामी आफैंले गर्ने हो, विदेशीले आएर हामीलाई कहाँनेर दुख्यो भन्ने थाहा पाउँदैन । मुख्य समस्या देशको मुख्य कार्यकारी नै पीडितका होइन, पीडकका पक्षमा भइदिए पछि अरूले जति कोशिस गरे पनि समस्या समाधान हुन्न ।’
यसअघि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन नसकेको बताएका थिए । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्ताका क्रममा अध्यक्ष ओलीले प्रचण्डका कारण शान्ति प्रक्रिया टुंगिन नसकेको बताएका हुन् ।
अध्यक्ष ओलीले संक्रमणकालीन न्यायलाई अन्याय बनाउन नहुने र छिटो टुंगाउन चाहेको धारणा राखेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । प्रचण्डले हिंसालाई बढावा दिँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कठिन देखिएको आलीको धारणा रहेको ज्ञवालीको भनाइ थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #विष्णु रिजाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्