संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग गर्दै प्रदर्शन
काठमाडौं : संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै मानवअधिकारकर्मीहरुले संसद भवन अगाडि प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै संसद भवन अगाडी प्रदर्शन गरेका हुन्
विभिन्न प्लेकार्डसहित निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रेका मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । समाजका संस्थापक सभापति कृष्ण पहाडी,सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै समाजले प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी, नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर, पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाउः संसदको गरिमा जोगाउ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
क्याटेगोरी : banner, फोटो फिचर, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्