ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा कांग्रेस निकटका प्रकाशनरसिंह राणा निर्वाचित ,नेकपा समर्थकको हरिबिजोग

२६ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का निकटका सदस्यहरूलाई धुलो चटाउँदै ठमेल पर्यटन विकास परिषदका कांग्रेस समर्थकले नेतृत्व लिएका छन । नेकपाका नाममा तीन वटा संस्थाले संयुक्त अपिल गरेर अनेक तिकडम गरे पनि कांग्रेस समर्थकका अघि उनीहरू निरीह बन्न पुगेका छन । ठमेलको विकासमा भन्दा पनि अनेक खालका सेटिङमा काम गर्न पाइने भएकाले ठमेल पर्यटन विकास परिषदलाइ अाकर्षण संस्था मानिन्छ ।
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा कांग्रेस निकटका प्रकाशनरसिंह राणा निर्वाचित भएका छन । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधान राणाको समूहलाइ धुलो चटाउँदै राणा निर्वाचित भएका छन । अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका छन भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरेका छन ।

यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन । महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित भएका छन । सचिव र कोषाध्यक्षमा प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भएका छन । राणा समूहमा बागी उम्मेदवारी परेकाले उनीहरू दुइ जनाले सचिव र कोषाध्यक्ष बन्ने अवसर प्राप्त गरेका छन ।
यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन । नवनिर्वाचित अध्यक्ष राणाले ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताएका छन । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ”, उनले भने । उनले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गरे ।

क्याटेगोरी : पर्यटन
ट्याग : #ठमेल पर्यटन विकास परिषद्
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्