महिला चेम्बरको आत्म सुरक्षा तालिम योग तथा मनोपरामर्श कार्यक्रम
ललितपुर, नेपाल महिला चेम्बरले पूल्चोक स्थित मदन स्मारक उमाविका बिद्यार्थीलाई लक्षित गरि आत्म रक्षा तालिम योग तथा मनो परामर्श कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम ज्येस्ठ २५ गतेबाट शुरु हुदैछ । यसै माझ ज्येस्ठ २४ गते शुक्रवार कार्यक्रमको उदघाटन गरिएको छ । मदन स्मारक बिद्यालय प्राङ्णमा आयोजित एक कार्यक्रम माझ पूर्व मन्त्री तथा साम्सद पम्फा भुसालले कार्यक्रमको उद्घाटन गरिन ।
ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व मन्त्री भुसालले बिकाससँगसगै सामाजिक सुरक्षामा चुनौती थपिदै गएको औंल्याउदै अपराध र हिँसालाई न्यूनिकरण गर्न आत्म सुरक्षा, योग र मनो परामर्श कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्ता जीवन उपयोगी कार्यक्रममार्फत समाजमा शान्तिसुरक्षा कायम राख्न सरोकारवालाहरु एकजुट हुनुपर्ने बताईन ।
पूर्व मन्त्री सुशिला नेपालले आत्म सुरक्षा, योग र मनो परामर्शले किशोर किशोरीको मनोबल उच्च राख्न सहयोग पुग्ने हुँदा यसबाट उनीहरुको शारिरिक एबम मानसिक स्वास्थको अवस्थामा टेवा पुग्ने विश्वास ब्यक्त गरिन् ।
नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिला हिँसाको घटनालाई न्यूनिकरण गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै महिला चेम्बरले किशोर किशोरीलाई लक्षित गरि शिक्षाप्रद कार्यक्रमको स्वरुपमा एकै साथ आत्म सुरक्षा, योग र मनो परामर्श कार्यक्रमको आयोजना गरेको बताईन ।
कार्यक्रममा मदन स्मारक उमाविका सहायक प्राध्नाध्यापक मन्जु श्री प्रधान, नेपाल हाप्कीडो संघका अध्यक्ष एनिप महर्जन, महासचिव महेश बज्राचार्य, पतन्जलि योग पिठका योग गुरु शारदा रिमाल, मनोविद् कृपा सिग्देल, नेपाल महिला चेम्बरका उपाध्यक्ष अम्बिका शर्मा, सचिव लिमा अधिकारी, शिक्षा समिती संयोजक प्रा डा. सुश्मा आचार्य, सदस्य प्रिथबिन्दु महर्जन लगायतले मन्तब्य धारणा राखेका थिए ।
कार्यक्रममा करिब १५० बालबालिकाको ऊपस्थिती रहेको थियो भने हाप्कीडो संघले मिलिटरी मिक्स मार्शल आर्टस प्रदर्शनी गरेको थियो ।



क्याटेगोरी : समाचार
ट्याग : #महिला चेम्बर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्