हङकङविरुद्ध नेपालको शानदार जीत
काठमाडौं,२ कार्तिक । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ ।
बिहीबार भएको खेलमा हङकङलाई ६ विकेटले पाखा लगाउँदै नेपालले जितको लयलाई कायमै राखेको हो ।
हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । ठूलो सट हान्ने चक्करमा आसिफ आउट भएका थिए । उनले ३४ बल खेल्दै ६ चौका मदतमा ४२ रन बनाएका हुन् ।
त्यस्तै कप्तान रोहितकुमार पौडेलले २ छक्का र १ चौकाको मद्दतमा नटआउट २५ रन बनाउँदा २ छक्का हिर्काएका गुल्सन झाले १४ रन जोड्दै नटआउट रहे । भने कुशल भूर्तेलले ८ र सन्दीप जोराले ३ रन थपे । हङकङका लागि एइसान खानले ३ विकेट लिए ।
यसअघि टस हारेको हङकङले १९ ओृभरमा अलआउट हुँदै केवल ९४ रन जोड्न सक्यो । उसका लागि हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए। जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खान बोल्ड भएका थिए।
बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २९२ विकेट लिए।
यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङ र सोमबार युएईसँग खेल्नेछ। त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल हुनेछ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #हङकङविरुद्ध नेपालको शानदार जीत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्