हङकङविरुद्ध नेपालको शानदार जीत

काठमाडौं,२ कार्तिक । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ ।
बिहीबार भएको खेलमा हङकङलाई ६ विकेटले पाखा लगाउँदै नेपालले जितको लयलाई कायमै राखेको हो ।
हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । ठूलो सट हान्ने चक्करमा आसिफ आउट भएका थिए । उनले ३४ बल खेल्दै ६ चौका मदतमा ४२ रन बनाएका हुन् ।
त्यस्तै कप्तान रोहितकुमार पौडेलले २ छक्का र १ चौकाको मद्दतमा नटआउट २५ रन बनाउँदा २ छक्का हिर्काएका गुल्सन झाले १४ रन जोड्दै नटआउट रहे । भने कुशल भूर्तेलले ८ र सन्दीप जोराले ३ रन थपे । हङकङका लागि एइसान खानले ३ विकेट लिए ।
यसअघि टस हारेको हङकङले १९ ओृभरमा अलआउट हुँदै केवल ९४ रन जोड्न सक्यो । उसका लागि हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए। जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खान बोल्ड भएका थिए।
बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २९२ विकेट लिए।
यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङ र सोमबार युएईसँग खेल्नेछ। त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल हुनेछ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #हङकङविरुद्ध नेपालको शानदार जीत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्