चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात
काठमाडौं । चीन भ्रमणमा रहनु भएका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।
बुधवार राती छाति दुखेर पेकिङ युनिभर्सिटी हस्पिटल लगिएकोमा उहाँलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । बुधवार राती नै श्रेष्ठको मुटुको एन्जियो प्लास्टी गरिएको उहाँका भतिज शितल श्रेष्ठले जानकारी दिनुभएको छ ।
चिकित्सकले अझै २४ घण्टा अस्पतालको निगरानीमै बस्नुपर्ने बताएका छन् । गृृहमन्त्री श्रेष्ठ अहिले पनि आइसीयुमै रहेको बुझिएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ को तेस्रो सम्मेलनमा सहभागी हुन श्रेष्ठ गत असोज २९ गते चीन जानुभएको हो ।
मंगलवार र बुधवार श्रेष्ठ हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगति छलफलमा सहभागी हुनु भएको थियो । उहाँको स्वास्थ्य अवस्थाको बारेमा विस्तृत विवरण आएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्