काठमाडौ-तुम्लिङटारको भाडा घटाउन बुद्धएयरलाई ज्ञापनपत्र
निजी हवाई कम्पनी सेवामूलक भन्दापनि नाफामूलक भएको युवाहरुको आरोप
खांदबारी । चार्डपर्वका बेला उडान नथपेको र भाडा नघटाएको भन्दै संखुवासभा खाँदवारीका युवाहरुले बुद्ध एयर तुम्लिङटारमा ज्ञापनपत्र बुझाएका छन् । निजी क्षेत्रका विमान कम्पनीले पहाडी जिल्लामा दशै जस्ता चार्डपर्वमा पनि हवाई भाडा नघटाएको र यात्रुको चाप हुँदा पनि उडान नथपेको भन्दै खांदबारी युथ क्लबका युवाहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
बुद्ध एयरको तुम्लिङटार कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनीहरुले निजी हवाई कम्पनी सेवामूलक भन्दापनि नाफामूलक भएको आरोप लगाएका छन् । बुद्ध एयरको एकलौटी उडान भएका कारण यात्रुहरुसंग मनोमानी ढंगले भाडा उठाएको उनीहरुले गुनासो गरेका छन् । दशै जस्तो चार्डपर्वमा पनि बुद्ध एयरले सेवा नदिई व्यापार गरेको खाँदबारी युथ क्लबका महासचिब सुरेन शाक्यले बताउनुभयो ।
बुद्ध एयरले काठमाण्डौ तुम्लिङटार ७२ सिटे जहाजबाट दैनिक उडान भर्दै आएको छ ।
क्याटेगोरी : विशेष, समाचार, समाज
ट्याग : #hot, #खांदबारी युथ क्लब, #बुद्ध एयर, #भाडादर, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्