कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत प्राप्त
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा उपसभामुख सिर्जना दनुवारले विश्वासको मतका लागि मुख्यमन्त्रीले प्रस्तुत गर्नुको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो ।
कुल ९३ सांसद रहेको प्रदेशसभामा ९१ जना सांसद उपस्थित हुनुभएको जानकारी दिनुहुँदै उपसभामुख दनुवारले विश्वासको मतको पक्षमा ८६ मत, विपक्षमा ५ मत परेको जानकारी सभालाई दिनुभयो ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएपछि संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनका लागि प्रदेशसभालाई जानकारी गराउनुभएको थियो ।
यही असोज २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । काँग्रेस माओवादी गठबन्धनले नेकपा माओवादी केन्द्रमा संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि कार्कीले नेकपा एमालेको साथ लिएर मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ , राप्रपाका छ, समाजवादीका चार र जसपाका एक जना सांसद रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोशी प्रदेश, #कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्