कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैं, पाउलान त विश्वासको मत ?
काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ ।
बैठक बिराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बिहान ११ बजे बस्नेछ । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको हो ।
आजको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसद सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उहाँ गत शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
कार्की कांग्रेस नेता डा। शेखर कोइराला पक्षका नेता हुनुहुन्छ । कार्की संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीला सत्ता गठबन्धनमा आबद्ध नेकपा ९माओवादी केन्द्र० ले पनि विश्वासको मत दिने जनाएको छ ।
९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । शुरुमा एमालेका ३९ र कांग्रेसका ८ जनाको समर्थनमा मुख्यमन्त्रीमा उम्मेदवार बन्नु भएका कार्कीलाई पछि केन्द्रीय सत्ता गठबन्धमा रहेका दलहरुले गठबन्धनकै मुख्यमन्त्रीका रुपमा स्वीकार गरेपछि उहाँलाई बिश्वासको मत पाउन सहज हुने बताइएको छ । प्रदेशसभामा मतदानका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु भने तटस्थ बस्ने भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #कोशी प्रदेश सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्