त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : आज नेपाल र युएई भिड्दै

काठमाडौं : त्रिकोणात्मक टीट्वेन्टी शृंखलाअन्तर्गत घरेलु टोली नेपालले बुधबार यूएईको सामना गर्दैछ। सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल यूएईसँग आज दिउँसो १ बजे मूलपानी रंगशालामा खेल्दैछ।
टीट्वेन्टी विश्वकप छनोटको तयारीका लागि नेपालले हङकङ र यूएई सम्मिलित टीट्वेन्टी शृंखला आयोजना गरेको हो। त्रिकोणात्मक टीट्वेन्टी शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा र युएई तीन खेलमा विजयी भएको छ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ, ललितनारायण राजवंशी र मौसम ढकाल रहेका छन् ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्