नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
आज दुई सय ८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा रू एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७, निर्जीवन बीमा समूह शून्य दशमलव ५३ र व्यापार समूह एक दशमलव २५ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव ३० र बैङ्किङ समूहको उपसूचक एक दशमलव १० प्रतिशतले बढेको छ ।
आज एनआइबिएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ३५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ५३ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको रू चार करोड ६२ लाख ६९ हजार दुई सय ४८ बराबरको एक लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot, #नेप्से
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्