Techie IT
मंगलबार, जेठ १२,२०८३

राष्ट्रिय सभागृहमा ‘आइडिया एण्ड इनोभेसन’ सोच प्रदर्शनी


३० असोज, काठमाडौं। काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी सूरु भएको छ ।

महानगरपालिकाको आइडिया बैंकको पहिलो चरणबाट विजेता बनेका शीर्ष ५० टोलीले सोच प्रदर्शन गरिरहेका छन् । आवेदक ७८६ जनाबाट १०१ आइडिया पहिलो चरणमा छनोट भएका थिए ।

दोस्रो चरणमा ती आइडियामध्ये ५० वटा छनोट भएर विजेता घोषित भएका थिए। यसरी छानिएका आइडियाहरु आज प्रदर्शन भइरहेको महानगरपालिको जनाएको छ ।

प्रदर्शन पछि सोचलाई लगानीका लागि थप परिपक्व बनाउन तालिम दिइनेछ । सोच प्रदर्शन पछि सहरी योजना आयोगकी सहायक विज्ञ अग्मा मालाकारका अनुसार अन्तिम चरणमा टेलिभिजन शो गरिनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #आइडिया एण्ड इनोभेसन’ सोच प्रदर्शनी


तपाईको कमेन्ट लेख्नुहोस्