आरके शर्माको पक्षमा समर्थन बढ्दै, खुलेर लाग्न थाले अभियन्ताहरु
काठमाडौँ । एनआरएनएको निर्वाचनमा उम्मेदवारी दर्ताको कार्य सम्पन्न भएसँगै चुनावी माहोल ह्वात्तै बढेको छ । अध्यक्षमा चार जनाको उम्मेदवारी पर्दा मध्यपूर्वबाट उम्मेदवार बनेका आरके शर्माको पक्षमा माहोल तातिन थालेको छ । पहिलो पटक मध्यपूर्वबाट नेतृत्वका अवसर आएको भन्दै मध्यपूर्वका डेलिगेट्सहरु एकमत देखिएका छन् भने आरकेलाई नेतृत्व दिनुपर्ने भन्दै युरोप, अमेरिकालगायका क्षेत्रका डेलिगेट्स पनि उत्तिकै सक्रिय देखिन्छ । जसका कारण चुनावमा आरकेको पल्ला भारी देखिएको अभियन्ताहरु बताउँछन् ।
उसो त आरकेको टीम समावेशी देखिएको छ भने उनलाई कांग्रेसदेखि कम्युनिस्टसम्मका अभियन्ताहरुले साथ दिएका छन् ।
यसैबीच कतारका एक अभियन्ताले आरके शर्मा दोहाको नेपाली समाजमा दोस्रो पुस्ताका सामाजिक ब्याक्तित्व भएको भन्दै आफू फरक राजनीतिक विचारधाराको भएपनि दिलदेखि साथ दिएको बताएका छन् । आफूमात्रै नभएर सबै एनआरएनए साथमा रहेको भन्दै उनल केही बर्ष देखि आफूले शर्माको सामाजिक गतिविधिलाई धेरै नजिकबाट नियालेको बताए ।
‘उहाँ समाजलाइ माया गर्ने मान्छे मात्र हैनन् आफैमा एक अनुशासित र असल मानिस हुन्, दुख पछिको सुख भोग्दै गर्दा समाजलार्इ आफ्नो सुख बाड्न कहिल्यै पनि पछि नपर्ने मान्छे हुन्, जसरी उहाँको ब्यापारीक पाटोले आकाश छुदैछ त्यसरिनै यता समाजमा सामाजिक जिम्मेवारी निभाउन पनि अग्रसर हुनुहुन्छ, कोहि पनि आफैमा पुर्ण हुदैनन् तर शर्माज्यु भने पुर्ण समाजको अहोरात चिन्तिन मनन गर्ने गरेको पाएको छ’, उनले भने ।
एनआरएनएको इतिहासमा कतारको नाम सदै उच्च रहदै आएको भन्दै त्यसका लागि अभियान्ताहरुको नै त्याग र मिहिनेतलाई सम्मान साथ स्वीकार गर्नुपर्ने बताए । खाडीमा कार्यरत सम्पुर्ण नेपालीहरुको मुद्दा र तिनका आवाज बनेर बोल्ने ब्याक्तिले चुनाव जित्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘मैले यो पटक आस्थालार्इ आच आउन नदिई एनआरएनए भन्ने साझा सामाजिक सस्थालाइ भावनात्मक र साङठानिक रुपमा बलियो बनाउन आरके शर्माज्यु जस्तो जमिनबाट उठेको र माटो चिनेको ब्याक्ति अनि उहाको टिमलाई भोट दिने निधो गरेँ र तपाइहरुलाइ पनि एक पटक आरकेको बारेमा सोच्नुहुन अनुरोध गर्दछु।’ विभिन्न देशका अभियन्ताहरु र सिंगो एनसीसी पनि उनको पक्षमा खुलेर लागेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आरके शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्