अट्याकिङ खेल्दै लाओसलाई हराउने नेपालको लक्ष्य
३० असोज, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो । दोस्रो चरणमा पुग्नका लागि नेपालले दोस्रो लेगमा लाओसलाई हराउनैपर्ने हुन्छ
दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ, जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ । त्यसैले यो खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्वपूर्ण छ ।
नेपाल र लाओसबीचको विजेता दोस्रो चरणमा युएई र बहराइन रहेको समूह ‘एच’मा पर्नेछ । यस्तै यमन र श्रीलंकाबीचको पहिलो चरणको विजेता पनि यही समूहमा रहनेछ ।
क्याटेगोरी : banner, bannernews, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्