काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग शाह
काठमाण्डौ । काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग पराक्रम शाह नियुक्त हुनुभएको छ । काठमाण्डौं उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य शाहलाई संघका अध्यक्ष दिनेश श्रेष्ठले उक्त जिम्मेवारी दिनुभएको हो ।
उज्जवल जंग शाह संचार उद्यमी साथै बरिष्ठ आर्थिक पत्रकार हुनुहुन्छ । काठमाडौंको बसन्तपुरमा जन्मनुभएका शाह विगत २५ बर्ष देखी निरन्तर संचार क्षेत्रमा सकृय रहदै आउनु भएको छ । यस माझमा उहाँले बजार व्यवस्थापक, संचारगृह संचालक र सम्पादकको अनुभव संगालिसक्नु भएको छ । कर्पोरेट म्यागाजिन तथा कर्पोरेट खबर डटकमका संचालक एवम् सम्पादक शाह नेपालमा आर्थिक पत्रकारिता अन्तर्गत कर्पोरेट धारसँग सम्बन्धित रहेर कलम जलाउने अग्रणी संचारकर्मीमा पर्नुहुन्छ । त्यसो त उहाँको विभिन्न क्षेत्रमा लगानी रहेको छ ।
त्यसो त उज्जवल जंग शाह अटो पत्रकार संघका संस्थापक अध्यक्ष तथा नेपालको अग्रणी व्युटि शैलुन फेसियल हाउसका सल्लाहकार समेत हुनुहुन्छ । निजी क्षेत्रसँग निकट सम्बन्ध भएका शाह यस क्षेत्रका समस्या र देशको आर्थिक अवस्थाका बारेमा गहिरो ज्ञान राख्नुहुन्छ । उहाँले निजी क्षेत्रका समस्यालाई हल गर्न नसक्दासम्म देशले फडको मार्न नसक्न भनाई राख्दै आउनुभएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्