Techie IT
शुक्रबार, जेठ ३,२०८२

हाम्रो सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य


काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार नेकपा९एमाले० काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको हो । उहाँले देशमा जात(जातका विचमा विभिन्न अन्तरबिरोध र द्वन्द्वहरु सिर्जना भइरहेको भन्दै त्यो गलत काम भएको बताउनुभयो ।

उपाध्यक्ष शाक्यले आजसम्म विभिन्न जातजातिहरु मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताउनुभयो । उहाँले समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने बताउनुभयो ।

उपाध्यक्ष शाक्यले नेपालका संस्कृति र परम्पराभित्र रहेका विभेद र असमानताहरुलाई सच्याउँदै र सुधार गर्दै लानुपर्ने बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #अष्टलक्ष्मी शाक्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:12 am6:47 pm +0545