नेकपाको सचिवालय बैठक आज पनि निष्कर्षविहीन
काठमाडाैँ, २२ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि निष्कर्षविहीन भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएपछि बैठक बिनानिष्कर्ष स्थगित भएको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे दुई घन्टा बसेको सचिवालय बैठक नेताहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा मत नमिलेपछि बिनानिष्कर्ष टुंगिएको हो ।
बैठकमा ओली र नेपाल आ-आफ्नो अडानका साथ प्रस्तुत भएका थिए । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच यसअघिनै ७७ जिल्ला इन्चार्ज र सह-इन्चार्जमा सहमति भएको थियो ।
आजको बैठकमा पनि मन्त्री र सांसद भएका केन्द्रीय नेतालाई जिल्ला इन्चार्ज र सह-इन्चार्ज बनाउने प्रस्ताव ओलीले गरेका थिए । तर, प्रस्तावलाई वरिष्ठ नेता नेपालले स्वीकार गर्न नसकिने बताए ।
नेता नेपालले दुईवटा जिम्मेवारी एकै व्यक्तिलाई दिन नहुने तर्क गरेपछि ओली र नेपालबीच सवाल जवाफ समेत भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको सचिवालय बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्