हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव ल्याउन समय लाग्ने
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव ल्याउन केही समय लाग्ने भएको छ ।
नेपाली सहित अन्य देशका मृतकको संख्या धेरै भएकाले इजरायली सरकारले आफ्नो कानूनी प्रक्रिया अनुरुप शव प्रदान गर्ने भएकाले शव ल्याउन समय लाग्ने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । डीएनए, फिगरप्रिन्ट र दाँतको पहिचान गरिने जनाइएको छ । युद्धमा मारिएका १३ सय शवको पहिचान हुन बाँकी रहेको इजरायल सरकारले जनाएको छ । यही असोज २० गते १० विद्रोही समूह हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
घटनामा चार जना नेपाली घाइते भएकोमा १ जना उपचारपछी नेपाल फर्केका छन् । यसैबीच इजरायलको किबुजस्थित कृषि फार्ममा कार्यरत नेपाली बिद्यार्थी बिपिन जोशीको अवस्था अझै अज्ञात छ । कन्चनपुर भीमदत्त नगरपालिकाकाका बिपिन जोशीले हमासले बंकरमा प्रहार गरेको ग्रिनेड बंकर बाहिर फाल्दा चारजान नेपालीको ज्यान बचेको थियो ।
ग्रिनेड फालेपछी हमास लडाकुले उनलाई साथमा लगेको उपचारका क्रममा रहेका नेपाली बिद्यार्थी हिमान्चल कट्टेलले जनाएका छन् । उनले अस्पतालबाटै भिडियो सन्देश जारी गर्दै आफना सहकर्मी जोशीलाई हमासका लडाकुले लगेको दाबी गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #परराष्ट्र मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्