Techie IT
शनिबार, वैशाख २७,२०८२

गोरखा कालिका र मनकामना मन्दिरमा साइतमै जमरा राखिने


गोरखा । प्रसिद्ध शक्तिपिठ गोरखा कालिका र मनकामना मन्दिरमा ११ बजेर २९ मिनेट जाँदाको साइतमा जमरा राखिने भएको छ ।

गोरखा कालिका मन्दिरमा पाँच पाथी नौ माना जौको जमरा राखिने भएको हो । तल्लो कोट, उपल्लो कोट, जमरा कोठा, दशैँघरमा गरेर पाँच माथि नौ माना जौको जमरा उपयुक्त साइतमा राखिने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि प्रसाद भुषालले जानकारी दिनुभयो ।

कन्याहरु मार्फत उपल्लोकोटबाट खनेर ल्याएको चोखो माटो कन्याको हातले सम्बन्धित ठाउँमा राखेर विधिपूर्वक पूजा गरी जमारा राखिने भुषालको भनाइ छ ।

मनकामना मन्दिरमा बिहानको नियमित पूजा पछि उपयुक्त साइतमा बक्रेश्वरीबाट ल्याइएको रातो माटोमा जौ र मकैको अलग अलग जमरा राखिने मनकामना मन्दिरका पुजारी इन्सानबाबु थापा मगरले बताउनुभयो ।

हरेक वर्ष साइत अनुसार नै जमरा राख्ने गरिएको उहाँको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोरखा कालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:16 am6:44 pm +0545