इजरायलबाट नेपालीलाई फर्काउन चार्टड उडान नगरिने, व्यवसायिक उडानमा टिकट सरकारले ब्यहोर्ने
काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन चाहने नेपालीहरुका लागि चार्टड उडान नगर्ने जनाएको छ ।
इरायलबाट नियमित रूपमा व्यवसायी उडान जारी रहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई व्यवसायीक उडान मार्फत नेपाल फर्कने बातावरण मिलाउने र उनीहरुको हवाई टिकट भने सरकारले ब्यहोर्ने परराष्ट्रले जनाएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्वदेश फर्किन चाहने नेपालीको टिकट इजरायलस्थित नेपाली दूतावासले मिलाउने छ । अनलाइनमार्फत रजिस्ट्रेसन फर्म भरेका नेपालीहरूलाई घर फर्किन सहजीकरण गर्ने र टिकट दूतावासले नै काटिदिने निर्णय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।सोही आधारमा टिकटको व्यवस्थापन गर्ने जिम्मा दूतावासलाई दिइएको छ ।
विद्यार्थीहरू बढी जोखिममा रहेकाले सरकारले चार्टड फ्लाइट नै गरेर २ सय ५४ जनाको उद्धार गरेको थियो । इजरायलमा ४५ सय भन्दा बढी नेपालीहरू छन् । उनीहरू अधिकांश केयर गिभरको रूपमा काम गर्दै आएका छन् ।
कोही नेपालीहरुमा असुरक्षा बढ्दै गएको स्थिति भएमा आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न दूतावासले अनुरोध गरेको छ । साथै स्वदेश फर्कन चाहनेहरूले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्न समेत अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #परराष्ट्र मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्