इजरायलबाट नेपालीलाई फर्काउन चार्टड उडान नगरिने, व्यवसायिक उडानमा टिकट सरकारले ब्यहोर्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन चाहने नेपालीहरुका लागि चार्टड उडान नगर्ने जनाएको छ ।
इरायलबाट नियमित रूपमा व्यवसायी उडान जारी रहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई व्यवसायीक उडान मार्फत नेपाल फर्कने बातावरण मिलाउने र उनीहरुको हवाई टिकट भने सरकारले ब्यहोर्ने परराष्ट्रले जनाएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्वदेश फर्किन चाहने नेपालीको टिकट इजरायलस्थित नेपाली दूतावासले मिलाउने छ । अनलाइनमार्फत रजिस्ट्रेसन फर्म भरेका नेपालीहरूलाई घर फर्किन सहजीकरण गर्ने र टिकट दूतावासले नै काटिदिने निर्णय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।सोही आधारमा टिकटको व्यवस्थापन गर्ने जिम्मा दूतावासलाई दिइएको छ ।
विद्यार्थीहरू बढी जोखिममा रहेकाले सरकारले चार्टड फ्लाइट नै गरेर २ सय ५४ जनाको उद्धार गरेको थियो । इजरायलमा ४५ सय भन्दा बढी नेपालीहरू छन् । उनीहरू अधिकांश केयर गिभरको रूपमा काम गर्दै आएका छन् ।
कोही नेपालीहरुमा असुरक्षा बढ्दै गएको स्थिति भएमा आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न दूतावासले अनुरोध गरेको छ । साथै स्वदेश फर्कन चाहनेहरूले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्न समेत अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #परराष्ट्र मन्त्रालय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्