शिक्षा क्षेत्रका सात शिक्षकहरू सम्मानित, साथमा शिक्षा पत्रकार पनी
प्रदीप ढकाल ,भक्तपुर
आश्विन २७, शनिबार ।
भक्तपुर । शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका आठ व्यक्तिहरू सम्मानित भएका छन् । उनीहरूलाई विश्व शिक्षक दिवस( अक्टोबर ५) का अवसरमा वर्ल्ड एजुकेसन कन्सर्न एण्ड एक्सन इन नेपाल( वी क्यान) ले सम्मानगरेको हो।
सम्मानित हुनेहरूमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर सुमन ढकाल, काठमाडौं स्कुल अफ ल का अधिवक्ता राजकुमारसुवाल, सिन्धुपाल्चोकको क्रिश्टोन एकेडेमीका शत्रुघन कपाली, पर्साको मदरल्याण्ड स्कूलका डा. नन्दन यादब, इम्पावर द नेप्लिजगर्ल्सकी बबिता लाम, जोरपाटी माविका प्रधानाध्यापक हरिप्रसाद ढकाल, सञ्चारकर्मी हरिसुन्दर छुकां र झापाको अंशु एकेडेमीकाप्रिन्सिपल केएन अधिकारी रहेका छन् ।
उनीहरूलाई द मोस्ट प्रोमिसिङ टिचर,/एडुकेटर सर्भिस अवार्ड २०२३ बाट शिक्षा तथा प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ताशिवकुमार सापकोटाले सम्मान गरेका थिए । सो क्रममा प्रवक्ता सापकोटाले शिक्षामा सुधारका लागि नेपाल सरकार निरन्तरलागिरहेको बताए ।
कार्यक्रममा मेघा पब्लिकेसन्सका प्रबन्धक श्रीकृष्ण श्रेष्ठ, सम्मानित व्यक्तिहरू डा. नन्दन यादब, प्रा. डा. सुमन ढकाल, वी क्यानकामहासचिव डा. राजेन्द्र कोजू, साउथ वेष्ट युनिभर्सिटी की डा. सारा सफारी साथै रोम्बस सेकेन्डरी स्कूलकी अमृता ढकालले कार्यक्रमकोउद्देश्यबारे चर्चा गरेका थिए ।
कार्यक्रममा आयोजक वी क्यानका महासचिव डा. कोजूले शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई उत्साह प्रदान गर्न सम्मान गरिएकोबताए । उनले विगत १० वर्षदेखि उक्त कार्यक्रमलाई निरन्तरता दिइरहेको समेत चर्चा गरे ।
सम्मानित शिक्षा क्षेत्रका व्यक्तिहरूले सम्मानले नयाँ जिम्मेवारी थप भएको उल्लेख गर्दै आयोजकप्रति आभार प्रकट गरे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्