Techie IT
सोमबार, वैशाख २२,२०८२

बेवारिसे कुकुर नियन्त्रणका लागी तारकेश्वर सामाजिक तथा खेलकुद मञ्चको सक्रियता


तारकेश्वर काठमाडौ । नेपालमा बढ्दो शहरीकरण संगै सडकका गल्ली गल्लहिरुमा बेवारिसे कुकुरहरुको संख्या पनि बढेको छ । जसका कारण सडक दर्घटनामा बृद्धि हुनाका साथै भुसाहा कुकुरहरुको टोकाइबाट पीडित हुनेको संख्या उल्लेख्य रुपमा बढ्न थालेको छ ।

उपत्यकाका दुई प्रमुख महानगरपालिकाकाहरुले समेत त्यस्ता कुकुरहरुको संख्या नियन्त्रण गर्न चरणवद्ध छलफल भइरहेको जनाउँदै आगामी तीन वर्षभित्र बेवारिसे कुकुरको संख्या ८० प्रतिशतले कमी ल्याउने लक्ष्य रहेको बताइएको छ।

तर त्यसका लागि स्पष्ट नीतिगत व्यवस्था नरहेको कतिपय अधिकारीहरु बताउँछन्।

त्यस्ता कुकुरहरुको संख्या नियन्त्रण गर्न सरकारी प्रशासन मात्र नभई तारकेश्वर सामाजिक तथा खेलकुद मञ्चले समेत लागी परेको छ ।

चरणवद्ध रुपमा छाडा कुकुरहरुको बन्ध्याकरण कार्यक्रम आयोजना गरिरहेको र आगामी वर्षभित्र बेवारिसे कुकुरको संख्या ८० प्रतिशतले कमी ल्याउने लक्ष्य रहेको मचंका अध्यक्ष जितेन्द्र श्रेष्ठले बताए ।

कुकुरको समस्या हाल दैनिकजसो अधिकांश मुख्य तथा भित्री सडकहरुका बासिन्दा थुप्रैले दैनिक जसो बेहोरि रहेका छन् र कतिपय आक्रमणको शिकार समेत बनेका उनी बताउछन । कुकुरको टोकाईबाट घाईते बन्नेहरुको संख्या पनि बढिरहेको छ ।बेवारिसे कुकुरबाट राति हिँड्ने पैदलयात्री तथा मोटरसाइकल र साइकल चालक सबैभन्दा बढी पीडित हुने गरेको पाइएको सम्बन्धित पक्षहरुको भनाइ छ ।

विगतमा त्यस्ता कुकुर नियन्त्रणका नाममा कुकुरहरुलाई निर्ममतापूर्वक मार्ने वा अन्यत्र लगेर छाड्ने गरिएको र उक्त कार्य जनावरको अधिकार बिपरित भएकोले कुकुरहरुको बन्ध्याकरण गरिदिए त्यस्तो संख्यामा कमी हुने उनी बताउछन ।
प्रारम्भिक चरणमा तारकेश्वर नगरपालिका वडा न १०मा लक्ष्यित गरि देखे भेटेका १००वटा जति कुकुरहरुको बन्ध्याकरण गर्ने योजना गरेको मञ्चका अध्यक्ष जितेन श्रेष्ठ बताउछन ।

ता।न।पा १० का वडा अध्यक्ष अमृत थापाले छाडा छाडिएका कुकुर व्यवस्थित गरी यस नगर र वडालाई व्यवस्थित गर्न यस मञ्चले कुकुर बन्ध्याकरण कार्यक्रम अघि बढाइ सामाजिक सुधार कार्यमा युवा सहभागीता अनुकरणीय रहेको बताए।


क्याटेगोरी : समाचार
ट्याग : #कुकुरहरुको संख्या नियन्त्रण, #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545