Techie IT
आईतबार, जेठ १७,२०८३

एमाले मधेश प्रदेश अधिवेशन : सर्वसहमतिको प्रयास जारी


काठमाडौं, २५ असोज । नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा आजदेखि निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ । हिजो बुधबारदेखि सुरु भएको अधिवेशनको बन्दसत्र सकिएसँगै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको हो ।

अधिवेशनको हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । राति ८ बजे सुरु भएको बन्दसत्रले राजनीतिक र सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको हो ।

अधिवेशनमा प्रदेशका आठ वटै जिल्लाबाट १ हजार २७ प्रतिनिधिहरूको सहभागिता छ ।  नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको र सहमति नभए निर्वाचन हुने बताइएको छ ।

एमाले मधेश अध्यक्षका लागि लक्ष्मीनारायण यादव, रेवती पन्त, रामसिंह यादव, ताराकान्त चौधरी र राजकिशोर यादव आकांक्षी छन् ।

बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बसेर सहमतिको प्रयास गर्ने तयारी भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो तथा केन्द्रीय सदस्यहरू बसेर सर्वसहमतिको प्रयास गर्ने तयारी रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्