Techie IT
शुक्रबार, असार ६,२०८२

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको पेसी बिहीबार हुँदैछ ।

असोजमा दुई पटक पेसी चढेपनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले यस मुद्दामा गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ ९फास्ट ट्रयाक० तथा निरन्तर सुनुवाइ ९कन्टिनियस हेयरिङ० का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।

उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545