Techie IT
सोमबार, वैशाख २२,२०८२

डा. अधिकारीको पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक


काठमाडौ । डा. राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक भएको छ।

योगविज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४औं कृति हो। यसमा विवाह सम्बन्धी ज्ञान, विज्ञान र मनोविज्ञान समेटिएको छ।

“यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकांक्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् छ भन्ने मेरो विश्वास छ,” डा. अधिकारीले भन्नुभयो।

पुस्तकमा अधिकारीले विवाहका विविध पाटालाई केलाएर उत्तम छनोटका लागि मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक संस्था फाइनप्रिन्टका नीरज भारीले बताउनुभयो ।

भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योगविज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारीका खाने कसरी पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, यस्तो होस् जीवनशैली, जिन्दगी रिल्याक्स प्लिज!, संस्कारी बन्ने काइदा, नैतिक सुखवाद र जीवन मूल्यहरू लगायत पुस्तक प्रकाशन भइसकेका छन्।

 

#हिमालखबर बाट साभार


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #hot, #डा.राजु अधिकारी, #पुस्तक सार्वजनिक, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545