चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो
चितवन :चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला परेको छ। निकुञ्जको पश्चिम क्षेत्रको खोरिया मुहानमा २५ वर्षको पोथी गैंडा मृत भेटिएको निकुञ्जका सुचना अधिकारी गणेश तिवारीले बताए।
भाले गैंडाको आक्रमणबाट पोथी गैंडा मरेको आशंका गरिएको छ। गैंडाको पोस्टमार्टम गरेर गाडिएको छ।
गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। २१ गते साँझ निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दलको संयुक्त गस्तीको क्रममा मरेको गैंडा फेला परेको हो।
योसहित यस वर्ष निकुञ्जमा मर्ने गैडाको संख्या पाँच पुगेको छ। यी मध्ये एउटा चोरी शिकारीबाट मारिएको आशंका गरिएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्