केपी ओलीद्वारा विश्व कराँते प्रतियोगिताका सहभागी सुर्य बुढाथोकीलाई बिदाई
काठमाडौं । जापानमा हुन गइरहेको १३ औं विश्व कराँते प्रतियोगितामा सहभागी हुन नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा ब्रान्च चिफ सूर्य बहादुर बुढाथोकीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो ।
जापानको टोकियोमा यहीँ अक्टोबर १४ र १५ मा हुन लागेको खेलमा सहभागी हुन लाग्नुभएका बुढाथोकीलाई नेपाल खेलकुद महासंघ (नेकोस) ले बिदाई कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित नेपाल खेलकुद महासंघ (नेकोस) का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बुढाथोकी यस अघि पनि विभिन्न समयमा विभिन्न राष्ट्रमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ राष्ट्रको नाम उच्च स्थानमा राख्न सफल खेलाडी हुन् । उनले थुप्रै अन्तर्राष्ट्रिय पदकहरु जितिसकेका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्