केपी ओलीद्वारा विश्व कराँते प्रतियोगिताका सहभागी सुर्य बुढाथोकीलाई बिदाई

काठमाडौं । जापानमा हुन गइरहेको १३ औं विश्व कराँते प्रतियोगितामा सहभागी हुन नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा ब्रान्च चिफ सूर्य बहादुर बुढाथोकीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो ।
जापानको टोकियोमा यहीँ अक्टोबर १४ र १५ मा हुन लागेको खेलमा सहभागी हुन लाग्नुभएका बुढाथोकीलाई नेपाल खेलकुद महासंघ (नेकोस) ले बिदाई कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित नेपाल खेलकुद महासंघ (नेकोस) का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बुढाथोकी यस अघि पनि विभिन्न समयमा विभिन्न राष्ट्रमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ राष्ट्रको नाम उच्च स्थानमा राख्न सफल खेलाडी हुन् । उनले थुप्रै अन्तर्राष्ट्रिय पदकहरु जितिसकेका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्