युरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी
पोर्चुगल, गैरआवासीय नेपाली संघ (एनआरएनए) का आईसिसि सदस्य भिमसेन थापाले एनआरएनएको आगामी एघारौं अधिवेशनमा युरोप उप संयोजक(डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएमा संगठनात्मक परिवर्तन गर्न, युवाहरुलाई एनआरएनमा सहभागी गराउन, संस्थामा ब्यापक परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको थापाले बताए ।
एनआरएनएमा अबको आवश्यकता सबै अभियन्ताहरू एकै ठाउँमा रहेर देश विकासको लागी आ आफ्नो ठाउँबाट योगदान दिनु नै रहेको पोर्चुगल निवासी थापाले बताए । थापा पोर्चुगलका सफल व्यावसायी र समाजसेवी पनि हुन । उनले हस्पिटालिटी क्षेत्र, कृषि क्षेत्र र कन्स्ट्रक्सन क्षेत्रमा युरोप र नेपालमा ठुलो लगानी गरेका छन । एनआरएन एनसिसि पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै हाल थापा आईसीसी सदस्य भएर सामाजिक कार्यसँगै आफ्नो व्यवसाय गरिरहेका छन ।
उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाई प्रवासमा रहेका नेपालीहरुको हक हितमा कार्य गर्न आफ्नो उम्मेदवारी दिएको बताए । थापाले आफु केही लिन नभई यस अभियानमा दिनको लागी आएकाले आफ्नो अभियानमा साथ दिन समस्त युरोपवासी नेपाली र एनआरएनए अभियन्ताहरूलाई साथ र समर्थनको लागी अनुरोध गरेका छन ।
उनले आफु निर्वाचित भएमा सबै युरोपवासीहरुकाे सल्लाह सुझाव लिएर अगाडि बढ्ने जनाउदै डिआरसी पदको लागि आफू उचित उम्मेदवार भएको बताए ।
थापाले आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्तालाई आग्रह गर्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गरे ।
उनले समस्त युरोपवासी गैरआवासीय नेपालीहरुबाट अमुल्य सुझाब ,सल्लाहको आशा गर्दै आफु बिजय भएपछी पोर्चुगल लगायत युरोपको विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको सेवामा समर्पित रहने प्रण गरेका छन ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्