एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फिर्ता
काठमाडौं । चीनको हाङझाउ शहरमा भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फर्किएका छन् ।
मंगलबार खेलाडी स्वदेश फर्किएका हुन् । कराते र कबड्डीमा विजयी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्यसचिव युवराज लामा लगायतका पदाधिकारी पुगेका थिए ।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कराते खेलाडी एरिका गुरुङ्गले आगामी दिनमा यस भन्दा माथि जनका लागि लिग र अन्य फरक फरक खेलहरुमा सहभागिता जनाउँदै आफूलाई अब्बल बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आगामी दिनमा झनै राम्रो गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।
एशियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमा कराते खेलाडी एरिका गुरुङ्गले रजत र कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्