शेयर बजारमा १९ अंकले गिरावट

काठमाडौं । शेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावटसँगै कारोबार पनि खुम्चिएको छ ।
सोमबार १२ अंकले घटेको बजार मंगलबार १९ अंकले ओरालो लागेर १८ सय ८९ बिन्दु कायमभयो । सबै उपसूचक राताम्मे भएको आजको कारोवारमा आधा दर्जन समूह १ प्रतिशत बढीले घटेका हुन् ।
अरु समूह पनि ओरालो लागेaको बजारमा १ सय ९३ कम्पनीको मूल्य घटेको छ । जम्मा ३१ कम्पनीको मात्र मूल्य बढेको नेप्सेले जनाएको छ ।
घटेको बजारमा पनि अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् भने बाराही हाइड्रो पावरका लगानीकर्ताले करिब ८ प्रतिशत बराबरले गुमाएका छन् । मंगलबार २ सय ८२ कम्पनीको ४२ लाख ८७ हजार कित्ता शेयर १ अर्ब २८ करोड बढीमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्