चिरख्वा हाइड्रोपावरको आईपीओ खुला
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शयरको १० प्रतिशतले हुन आउने ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र २ प्रतिशतले हुन आउने १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सामूहिक लगानी कोषलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको १ लाख ९५ हजार ३०० कित्ता शेयर सहित प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ५९ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जनाइएअनुसार आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आइपिओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि कात्तिक ३ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसअनुसार कम्पनीको अवस्था औषत जोखिम रहेको जनाउँछ।
क्याटेगोरी : समाचार
ट्याग : #आईपीओ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्