डोटीमा कांग्रेस महासमिति सदस्य निर्वाचन : ११ पदका लागि २१ को उम्मेदवारी
डोटी । नेपाली कांग्रेसको महासमिति सदस्य चयनका लागि डोटीमा बुधवार मतदान हुने भएको छ ।\
कांग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले दिएको जानकारी अनुसार राजपुरको सेती सभाहलमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
‘यो जिल्ला अधिवेशनकै समयमा भइसक्नु पर्ने थियो, तर त्यति वेला सभापतिको निर्वाचन दुई चरणमा भएपछि प्रतिनिधिहरू सबै घरतिर गइसकेका थिए’ सिंहले भने ‘त्यसैले त्यति वेला रोकिएको थियो ।’
महासमिति सदस्यहरूको सर्वसम्मत चयन गर्नका लागि पटक पटक प्रयास गरिएको तर सहमति जुट्न नसकेपछि निर्वाचनमै जानु पर्ने बाध्यता आएको सभापति सिंहले बताए ।
उनले जिल्ला अधिवेशनका प्रतिनिधिहरूले नै महासमिति सदस्य चयनका लागि मतदान गर्ने जानकारी दिए ।
११ जना महासमिति सदस्य चयनका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । खुला सदस्यतर्फ ५ पदका लागि १० जनाको उम्मेदवारी परेको छ । यस्तै, खुल्ला महिला सदस्यतर्फ २ जनाको सिटमा ३ जनाले दाबी गरेका छन् ।
खस आर्य कोटामा पुरुषतर्फ २ जनाको सिटमा ४ जना, खस आर्य कोटामा महिलातर्फ १ जनाको सिटमा २ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, दलित सदस्य तर्फ १ जनाको सिटमा २ जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।
खुलातर्फ जीतबहादुर खड्का, दिलबहादुर बम, पदमराज जोशी, पुष्प कुमार शाही, भरतबहादुर खड्का, यज्ञराज पाठक, रामप्रसाद उपाध्याय, लोकेन्द्रबहादुर शाही, सिताराम जोशी र हर्कबहादुर देउवाले उम्मेदवारी दिएका छन् ।
खुला महिला सदस्यका लागि धौलीदेवी रावल, पार्वती चन्द र प्रसिस महराले उम्मेदवारी दिएका छन् ।
खस आर्य समानुपातिक महिलातर्फ मिनादेवी विष्ट र हरिमाया भट्टले उम्मेदवारी दिएका छन् भने खस आर्य समानुपातिक खुलातर्फ विजयराज ओझा, भक्तबहादुर बलायर, लक्ष्मणबहादुर सिंह र सोपान सिंह बोहरा उम्मेदवार वनेका छन् ।
समानुपातिक दलिततर्फ कल्पना शोप र लालबहादुर बिक उम्मेदवार छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्