Techie IT
शनिबार, असार ७,२०८२

लागुऔषधसहित दोर्जे लामा स्याङ्जामा पक्राउ


स्याङ्जा : लागुऔषधसहित काठमाडौं बौद्ध बस्ने २९ वर्षीय दोर्जे लामा स्याङ्जामा पक्राउ परेका छन्। बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ख.९८६२ नं.को बसमा सवार उनी सोमबार साँझ स्याङ्जाको गल्याङ्मा पक्राउ परेका हुन्।

गल्याङ- १ राम्दीस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लामालाई लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
प्रहरी प्रवक्ता समेत रहेका खनालका अनुसार,लामाको साथबाट डाइजेपाम २८ एम्पुल, नुफिम ४८ एम्पुल र फेनरागन ४८ एम्पुल फेला परेको छ।’

लामाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545