हिमालमै बिलाए आरोहणमा विश्व रेकर्ड बनाएका संखुवासभाका तेन्जेन

संखुवासभा । आरोहणको विश्व कीर्तिमान बनाएका नेपाली आरोही तेन्जेन लामाको निधन भएको छ ।
प्रख्यात आरोही संखुवासभाका शेर्पाको चीनको सिसापाङ्मा हिमालमा शनिबार आएको हिमपहिरोमा परी निधन भएको हो।
शेर्पा किदुक संखुवासभाका सम्रक्षक सदस्य समेत रहेका कीर्तिमानी आरोही शेर्पाले ८ हजार मिटर भन्दा माथिका १४ वटै हिमाल अत्यन्त छोटो समय मात्र ९२ दिनमा आरोहण गरेर बिश्वकीर्तिमान कायम गरेका थिए ।
सिसापाङ्मा हिमाल आरोहणको क्रममा अचानक हिमपहिरोमा परि उनको मृत्यु भएको हो । कीर्तिमान कायम गरेको छोटो समयमै उनको मृत्यु भएको सेभेनसमिटका हिमाल अरोही लाक्पा शेर्पाले बताउनुभयो । उनको मृत्युबाट नेपालको पर्वतीय पर्यटनमा अपुरणिय क्षति पुगेको आरोहिहरुले जनाएकाछन् । उनीसंगै अन्य तीनजना आरोहीको समेत हिम पहिरोमा परि मृत्यु भएको छ ।
९२ दिनमा ८ हजार माथिका १४ वटा हिमाल अराोहण गरेर बिश्वकीर्तिमान कायम गरेका शेर्पालाई बिभिन्न संघ संस्थाले सम्मान गरेका थिए । तर, उनको कीर्तिमान सधैकालागि छाडेर गएपनि हिमाल अरोहणमा उनको नाम सधै रहि रहने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #मृत्यु, #विश्व कीर्तिमान तेन्जेन शेर्पा, #संखुवासभा, #हिमपहिरो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्