हिमालमै बिलाए आरोहणमा विश्व रेकर्ड बनाएका संखुवासभाका तेन्जेन
संखुवासभा । आरोहणको विश्व कीर्तिमान बनाएका नेपाली आरोही तेन्जेन लामाको निधन भएको छ ।
प्रख्यात आरोही संखुवासभाका शेर्पाको चीनको सिसापाङ्मा हिमालमा शनिबार आएको हिमपहिरोमा परी निधन भएको हो।
शेर्पा किदुक संखुवासभाका सम्रक्षक सदस्य समेत रहेका कीर्तिमानी आरोही शेर्पाले ८ हजार मिटर भन्दा माथिका १४ वटै हिमाल अत्यन्त छोटो समय मात्र ९२ दिनमा आरोहण गरेर बिश्वकीर्तिमान कायम गरेका थिए ।
सिसापाङ्मा हिमाल आरोहणको क्रममा अचानक हिमपहिरोमा परि उनको मृत्यु भएको हो । कीर्तिमान कायम गरेको छोटो समयमै उनको मृत्यु भएको सेभेनसमिटका हिमाल अरोही लाक्पा शेर्पाले बताउनुभयो । उनको मृत्युबाट नेपालको पर्वतीय पर्यटनमा अपुरणिय क्षति पुगेको आरोहिहरुले जनाएकाछन् । उनीसंगै अन्य तीनजना आरोहीको समेत हिम पहिरोमा परि मृत्यु भएको छ ।
९२ दिनमा ८ हजार माथिका १४ वटा हिमाल अराोहण गरेर बिश्वकीर्तिमान कायम गरेका शेर्पालाई बिभिन्न संघ संस्थाले सम्मान गरेका थिए । तर, उनको कीर्तिमान सधैकालागि छाडेर गएपनि हिमाल अरोहणमा उनको नाम सधै रहि रहने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #मृत्यु, #विश्व कीर्तिमान तेन्जेन शेर्पा, #संखुवासभा, #हिमपहिरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्