Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

नार्गाजुन नगरपालिकामा महंगी , कालो बजारी नियन्त्रण सहितका माग राख्दै राप्रपाले बुझायो १४ बुँदे ज्ञापनपत्र


नार्गाजन काठमाडौं । कालोबजारी नियन्त्रण , भ्रष्टचारको अन्त्य , बजार अनुगमन , नगरपालिका बाट संचालित योजनाको पारदर्शीताको माग राख्दै राप्रपा नार्गाजुन नगर कमिटिले नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी  केन्द्रिय उपाध्यक्ष सीजन क्षेष्ठका अनुसार आज सचेतना मूलक र्रयाली सहित नगर प्रमुख मोहन बहादुर बस्नेतलाई ज्ञापनपत्र  बुझाएको हो ।

चाडपर्वको समयमा सुरक्षा चुनौतीहरु रहेको उल्लेख गर्दै विषेश सुरक्षा नीति अख्तियार गर्न, कालो बजारी, कृतिम अभाव, मूल्य वृद्धि, आदिको कडा नियमन गर्न र नगरपालिका मार्फत संचालित योजनाहरुको पारदर्शीताको समेत माग गरिएको क्षेष्ठको भनाई छ।

हेर्नुहोस १४ बुँदे ज्ञापनपत्र


क्याटेगोरी : समाचार
ट्याग : #नार्गाजुन नगरपालिकामा महंगी कालो, #बजारी नियन्त्रण सहितका माग राख्दै राप्रपाले बुझायो १४ बुँदे ज्ञापनपत्र


तपाईको कमेन्ट लेख्नुहोस्