Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

२४ घण्टादेखि थुनिएको कास्कीको किम्रोङ खोलामा पानी बग्न थाल्यो


पोखरा । माथिबाट खसेको पहिरोको कारण २४ घण्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलामा पानी बग्न थालेको छ ।

शनिबार पहिरो खसेपछि थुनिएको किम्रोङखोलामा बिस्तारै पानी बग्न थालेको स्थानीयवासीले जानकारी दिए । थुनिएको खोलामा पानी बग्न थालेपछि तत्काललाई ठूलो क्षति हुनबाट जोगिएको छ ।

लामो समयदेखि थुनिएको खोलाको पानी बग्न थालेपछि मोदी खोलाको बहाव बढेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्