सञ्चार रजिष्ट्रार बागमती प्रदेशद्वारा पत्रकारहरुको सामूहिक बीमा
मनहरी । सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले प्रदेशका तीन सय ६० पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ । बीमा ऐन २०४९ को दफा ८ को उपदफा (घ) २ अनुसार र बीमा समितिले बनाएको दुर्घटना बीमा निर्देशिका २०७८ बमोजिम सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट परिचयपत्र प्राप्त गरी नवीकरण गरेका पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी दिए ।
प्रतिव्यक्ति रु सात लाखसम्मको सामूहिक दुर्घटना बीमा नेपाल सरकारको स्वामित्व प्राप्त राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग गरिएको सापकोटाले बताए । पहिलो चरणको यो बीमा कार्यक्रम बीमा लागू भएको मितिले तीन सय ६५ दिन कायम रहने उनले बताए ।
सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर नवीकरण गर्न बाँकी रहेका पत्रकारहरूले आफ्नो परिचयपत्र नवीकरण गरी दोस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन सक्ने उनले बताए ।
क्रियाशील भएर काम गर्ने पत्रकारको मनोबल बढाउन, उनीहरू सुरक्षित भएर तटस्थ रूपमा काम गर्न सक्ने वातावरणको सिर्जना गर्नका लागि बीमा कार्यक्रम प्रभावकारी बन्ने सञ्चार रजिष्ट्रार सापकोटाको विश्वास रहेको छ ।
“पत्रकारले सुरक्षित महसुस गर्न सके मात्रै गुणस्तरीय समाचार लेख्न मद्दत पुग्छ, आगामी दिनमा सामाजिक सुरक्षामा लैजाने योजना पनि बनाइरहेका छौँ”, सञ्चार रजिष्ट्रार सापकोटाले बताए
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्