एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन आजबाट सुरु हुँदै
काठमाडौं । नेकपा (एमाले) को सुदूर पश्चिम प्रदेश प्रथम अधिवेशन आइतबारबाट सुरु हुँदैछ ।
धनगढीमा हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । उद्घाटन सत्र सकिए लगत्तै भावी नेतृत्व चयनका लागि बन्द सत्र सुरु हुनेछ ।
असोज २१ र २२ गते धनगढीमा हुने अधिवेशनका लागि प्रदेशभरबाट ६ सय ७५ प्रतिनिधि छनोट भएका छन्। अधिवेशनले १ सय ५५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।
एमालेको सुदूरपश्चिम अध्यक्षका लागि तीन जना नेता कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् ।
एमालेको लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी गरी ६ प्रदेश अधिवेशन सम्पन्न भइसकेको छ ।
अब एमालेको मधेश प्रदेश अधिवेशन हुन बाँकी रहेको छ । मधेश अधिवेशन पनि यहि असोज २४ र २५ गते जनकपुरधाममा हुँदैछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्