नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारी निर्विरोध निर्वाचित

२१ असोज, काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षमा प्रेम कुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।
पराजुलीलाई सुजाता शाक्य लगायतको जोडबलमा फेरि पनि अध्यक्षमा अघि सारिएको थियो । पराजुलीसँगै पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका उपसचिव चन्द्र रिजालले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर पछि रिजालले उम्मेदवारी फिर्ता लिएकाले पराजुली सर्वसम्मत भएका हुन् ।
केही सदस्यहरुमा भने निर्वाचन भएको छ । उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधिहरु छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्