एउटै दम्पत्तीबाट जन्मेको दिदीभाइको जन्ममिति चार महिनाले मात्र फरक
एउटै दम्पत्तीबाट जन्मेको दिदीभाइको जन्ममिति कसरी चार महिनाले मात्र फरक हुन सक्छ ? यो सुन्दा पनि आश्चर्य लाग्ने कुरा हो । गोरखामा त्यस्तै भएको छ । एकै दम्पत्तीबाट जन्मिएका दुई सन्तानको जन्ममितिमा चार महिनाको मात्र फरक देखिएको छ ।
भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ का मनोहर बञ्जारा र तारादेवी पाण्डेका छोरा जनार्दन बञ्जारा र छोरी पवित्रा बञ्जाराको नागरिकतामा उल्लेख जन्ममितिमा जम्मा चार महिनाको मात्र अन्तर छ । जुन अस्वाभाविक हो । उनीहरुको मतदाता परिचयपत्रमा पनि सोही जन्ममिति उल्लेख छ । दिदीभाइ कसरी चार महिनाको अन्तरमा जन्मिन सक्छन् ? प्रश्न खडा भएको छ ।
जिल्ला प्रशासन कार्यालय, गोरखाबाट जारी भएको पवित्राको नागरिकतामा जन्ममिति २०५३ साउन १५ गते उल्लेख छ । त्यस्तै, जनार्दनको जन्ममिति २०५३ मंसिर २८ गते रहेको छ । २०७० जेठ २९ गते भाइ जनार्दनको ४४१०४०–८८३ नम्बरको नागरिकता जारी भएको छ । त्यसको तीन महिनापछि भदौ २० गते पवित्राको ४४१०४०–९२६ नम्बरको नागरिकता जारी भएको देखिन्छ ।
उनीहरुले सोही नागरिकताबाट पासपोर्ट बनाएर स्वीट्जरल्याण्डको भ्रमणसमेत गरेको स्रोतले बतायो ।
उनीहरुको नागरिकता प्रमाणिकरण तत्कालीन शाखा अधिकृत केदारप्रसाद धितालले गरेका छन् । वंशजका आधारमा नागरिकता पाएका उनीहरुले झुठो विवरण पेश गरेको स्रोत बताउँछ । उनीहरुले सोही नागरिकताबाट पासपोर्ट बनाएर स्वीट्जरल्याण्डको भ्रमणसमेत गरेको स्रोतले बतायो ।
‘दिदीभाइको जन्ममितिमा कसरी चार महिनाको मात्र फरक हुनसक्छ ? उनीहरुले झुठो विवरण पेश गरेर नागरिकता लिएको हुनुपर्छ । त्यही नागरिकताबाट राहदानी बनाएर स्वीटजरल्याण्ड घुमेर आइसकेका छन्’, स्रोतले भन्यो ।
नेपाल नागरिकता ऐन, २०६३ ले झुठो विवरण पेश गरेर नागरिकता लिएमा नागरिकताको प्रमाणपत्र रध्द हुने कानुनी व्यवस्था गरेको छ । भनिएको छ,‘कुनै नेपाली नागरिकले झुठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ ।’
यता,मनोहरले छोरीको शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको मितिअनुसार नागरिकता बनाउँदा त्रुटि भएको दाबी गरेका छन् । छोरीको जन्ममिति २०५२ हुनुपर्नेमा ५३ भएको उनको दाबी छ । शैक्षिक प्रमाणपत्रमा जन्ममिति किन नसच्चाएको भनेर प्रश्न गर्दा उनले जवाफ दिए,‘पहिले प्रमाणपत्रमा सच्चाउनुपर्यो । त्यसपछि फेरि नागरिकतामा । एकदमै झमेला हुने भएकाले नसच्चाएका हौं ।’ मनोहर स्वीस एम्बेसीमा सिनियर भीसा अफिसर पदमा कार्यरत छन् । जन आस्था
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीमसेन थापा गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्