नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा
काठमाडौं, १८ असोज । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको बढुवा भएको छ ।
नेपाल प्रहरीका जवानसमेत रहेका ऐरीको बढुवा भएर सहायक हवल्दार बनेका हुन् ।
१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई नेपाल प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी ९पीसीसी० ले बिहीबार एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो।
चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका छन्।
दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध छन् । उनी नेपाल पुलिस क्लबका कप्तान समेत हुन्।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #दीपेन्द्रसिंह ऐरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्