Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

गोली लागेर घाइते शर्मिला चौधरीको निधन


काठमाडौं, १९ असोज । नेपाल प्रहरीका पूर्वआईजी ध्रुवबहादुर प्रधानका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) असई लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ ।

गोली लागेर घाइते अवस्थामा भेटिएका शर्मिलाको उपचारका क्रममा प्रहरी अस्पतालमा मृत्यु भएको हो ।

शर्मिला गत असोज १० गते काठमाडौं महानगरपालिका–४ पञ्चकन्यास्थित डेरामा कोखामा गोली लागेको अवस्थामा भेटिएकी थिइन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि प्रहरी अस्पताल पुर्‍याएको थियो ।

भित्रबाट चुकुल लगाएको अवस्थामा कोठाभित्रै शर्मिला कोखामा गोली लागेको अवस्थामा भेटिएकी थिइन् ।

प्रहरी घटनास्थल पुग्दा त्यतिबेला लक्ष्मण भने घरमा थिएनन् । लक्ष्मणले लोडेर गोली घरमै छाडेर बाहिर निस्किएको बेला शर्मिलाले पेस्तोल चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्