Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

साङ्गलामा खसी चोरको बिगबिगी , लक्ष्मीपुर कृषक समूहको कार्यालय फोडे


साङ्गला काठमाडौं । दसैं आउन करिब २ हप्ता बाँकी छ । नेपालीको घरघरमा दशैं नजिकिदै छ । दशैं नजिकिएसँगै चोरीका घटना बढ्न थालेको छ । तारकेश्वरको बिभिन्न स्थान संगै साङ्गलामा खसी चोरी भएको छ । हिजो राती मात्रै सल्लेगाँउ मनोहर सापकोटाको घरबाट खसी चोरी भएको हो । दशैमा २७००० मा केहि दिन अद्दि मात्रै खसी किनेर ल्याएको र राती चोरले ताल्चा काटेर खसी लगेको सापकोटाको भनाई छ ।

गाउँबाट चोरेर सहरी क्षेत्रमा ल्याएर बेच्ने गिरोह नै सक्रिय देखिएको छ ।

हिजोनै राती लक्ष्मीपुर एकीकृत कृषक समूहको कार्यालय पनि चोरले फोडेका छन । समूहमा रकम हुनसक्ने अनुमानका साथ चोरी भएपनि केहि जिन्सी समान चोरी भएको बताइएको छ ।

साङ्गलाका एक बासिन्दाले भने, ‘खसी चोरी भएर हैरान भयो, चोर पनि भेटिँदैन, प्रहरीले सक्रियता पनि देखाउँदैन ।’

उनका अनुसार ‘प्रहरीलाई पनि जानकारी दिइएको छ, आफै गस्ती गर्नु भन्छन्, प्रमाण पाए, मान्छे देखे हुलिया बताउनु भन्छन् ।

साङ्गला प्रहरीका अनुसार केहि हप्ता अगाडी धादिङ्गका २ जना चोरहरु समातेका छन । साङ्गला लगायतका ठाउँमा खसी चोरको निगरानी गरिने प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलामा खसी चोरको बिगबिगी


तपाईको कमेन्ट लेख्नुहोस्