खांदबारी युथ क्लबले दशैमा “खांदबारी रन” प्रतियोगिता आयोजना गर्ने
असोज २८ गते घटस्थापनाका दिन प्रतियोगिता आयोजना गर्ने तैयारी
खांदबारी । संखुवासभाको पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी युथ क्लवले पर्यटन प्रवर्धन खाँदबारी रन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपालीहरुको महान चाड दशैंको शुभ अवसरमा आगामी असोज २८ गते घटस्थापना दिन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको युथ क्लवका महासचिव सुरेन शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले २ लाख ६१ हजारको कुल लागतमा बिभागिय पुरुष टिम, खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा बिधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रस्ताव प्रस्तुत गर्दै प्रतियोगितामा सहकार्यका लागि जिल्ला स्थीत बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थासंग सहकार्यको अपेक्षा राखिएको बताए ।
क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङ्गको सभापतित्व तथा पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगितामा बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल, खुल्ल पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल र खुल्ला महिला टिमका लागि खाँदबारी १ टुडिखेलबाट खाँदबारी ३ स्थीत लहरेबर पुगि पुन लबिङ्ग हिलको मार्ग हुँदै खाँदबारी टुडिखेल आईपुग्नुपर्ने जनाईएको छ ।

क्लवका महासचिव सुरेन शाक्यले संचालन गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी महासंघ अध्यक्ष ईन्द्र गिरीले आन्तरिक पर्यटन प्रवर्धन सहित युवा एकता र भाईचाराको भावना अभिबृद्धि गर्न क्लवले आयोजना गरेको प्रतियोगिताको सफलताका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

समापन मन्तब्य प्रकट गर्दे क्लवका कार्यबाहक अध्यक्ष तथा कार्यक्रमका सभापति मुनहाङ्ग गुरुङ्गले पर्यटन प्रवर्धन साथै आपसी सद्भाव अभिबृद्धिका लागि प्रतियोगिता संचालन गर्न लागिएकाले यसलाई सफल बनाउन सबैपक्षको सहयोग र सहभागिताको अपेक्षा राखिएको धारणा राखेका थिए ।

२०६१ सालमा स्थापित खाँदबारी युथ क्लवले खाँदबारीको पर्यटन प्रवर्धनका लागि नगरको सरसफाई, सुरक्षाका लागि सिसि क्यामेरा जडान र खेलकुद प्रतियोगिता साथै अन्य बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुको अगुवाई गर्दैआएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : ##खेलकुद पत्रकार #खेलकुद पत्रकार, #hot, #खांदबारी युथ क्लब संखुवासभा, #खांदबारी रन, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्